यसरी पनि सेल्फी खिच्नु !

 माघ ३, २०७७ शनिबार ११:२८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कुनै पनि नयाँ ठाउँ, परिवेश या कार्यक्रममा सेल्फी खिच्नु सामान्य भइसकेको छ ।

सबै उमेर समूहका मानिसको रोजाइमा पर्ने सेल्फी अहिले अनिवार्य जस्तै बनेको छ । विशेषत युवा पुस्तामा सेल्फीप्रति अत्याधिक मोह रहेको पाइन्छ ।

विभिन्न समारोह, विवाह होस् या कार्यक्रम सेल्फी नलिने सायदै कमै हुने गर्छन् । भन्नैपर्दा हिजोआज सेल्फी लिनु फेसन झैँ बनेको छ ।

डाँडादेखि खोँचसम्म सेल्फीले स्थान पाएको छ । कतिपयले त सेल्फी लिनकै लागि आफ्नो ज्यान धरापमा पारेको देख्ने गरेका छौँ । समयसमयमा सेल्फी खिच्न खोज्दा दुर्घटना भएका खबर समेत आइरहेका हुन्छन । यस्तै ज्यान जाेखिममा राखेर सेल्फी खिचिरहेकाे दृश्य स्वयम्भूमा पनि देखिएको छ ।

हेर्नुहाेस्, तस्बिरमा

तस्बिर : विकास गोले

 

अन्तिम अपडेट: फागुन १४, २०७७

तपाईको प्रतिक्रिया