परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

 माघ ३, २०७७ शनिबार ११:३८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँहरुबीच आज बिहान रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटबारे भारतीय रक्षामन्त्री सिंहले ट्वीट गर्नुभएको छ । भारतको नेपालसँगको सम्बन्ध सरकारमा मात्रै सीमित नभएर दुई देशका नागरिक तहबाटै अघि बढेको ट्वीटमा उल्लेख छ ।

यसअघि दिल्लीमा हिजो भएको परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमाबारे छलफल भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा आँच पुर्‍याउने सिमानासम्बन्धी समस्या वार्ताको माध्यमबाटै समाधान गर्ने नेपालको चाहना रहेको पनि बताउनुभएको छ ।

तीन दिने भारत भ्रमणमा रहनुभएका मन्त्री ज्ञवाली आजै दिउँसो नेपाल वायुसेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया