ज्येष्ठ नागरिकलाई घरैमा स्वास्थ्य परामर्शको व्यवस्था

 माघ ५, २०७७ सोमबार ११:११:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खोटाङको जन्तेढुंगा गाउँपालिकामा ज्येष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य परामर्श प्रदान गर्न सुरु गरिएको छ ।

उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर्मीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन थालिएको हो । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट ज्येष्ठ नागरिकलाई स्वास्थ्य परामर्श प्रदान गर्ने सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताउनु भयाे। 

ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै स्वास्थ्य समस्याका बारेमा जानकारी लिएर आवश्यक परामर्श प्रदान गर्ने व्यवस्थाका लागि यो कार्यक्रम सुरु गरिएको हो । ज्येष्ठ नागरिकलाई स्वास्थ्य परामर्श प्रदान गर्नका लागि सम्बन्धित वडा कार्यालयमार्फत स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताउनुभयो ।

ज्येष्ठ नागरिकको हितलाई ध्यान दिएरअघि सारिएको स्वास्थ्य परामर्शका कार्यक्रमलाई क्रमशः अन्य पाँच वडामा विस्तार गरिने गाउँपालिकाले जनाएको छ । यस्तै, गाउँपालिकाभित्रका दीर्घरोगीलाई निःशुल्क औषधि उपलब्ध गराउनका लागि उनीहरुको तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया