ओलीले कि कामचलाउ भन्नुपर्‍याे कि कुर्सी छाेड्नुपर्‍याे : माधवकुमार नेपाल

 माघ ६, २०७७ मंगलबार २०:७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ हुन पुगेको बताउनुभएको छ । 

मङ्गलवार आफू निकट पत्रकारहरुको सङ्गठन प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताउनुभएको हो । 

प्रतिनिधि सभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उहाँले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताउनुभयो । 

अध्यक्ष नेपालले आफू प्रचण्डको कार्यकर्ता भनि ओलीले गरेको टिप्पणीको जवाफ दिँदै ओरिजिनल एमाले केपी ओली नभइ आफू भएको जिकिर गर्नुभयो । एकीकरणपछि एमाले तथा माओवादी पार्टी इतिहास भइसकेको भन्दै उहाँले अब ती पार्टी नबिउँतिने बताउनुभयो ।

अध्यक्ष नेपालले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, संविधानलगायतका राजनीतिक परिवर्तनहरु सङ्कटमा परेको भन्दै गलत कामको विरुद्ध उभिनुपर्ने बताउनुभयो ।

गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटन भएयता सत्तारुढ नेकपा नै दुई समूहमा विभाजित भएकाे छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ भइरहेकाे छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया