प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामा आज पनि सुनुवाइ चल्दै, अधिवक्ताका लागि आधा घण्टाकाे समय

 माघ ७, २०७७ बुधबार १४:१२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि बुधबार (आज) पनि सर्वोच्च अदालतमा बहस भइरहेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा परेका मुद्दामाथि गएको आइतबारदेखि नियमित सुनुवाइ भइरहेको हो ।

अहिलेसम्म प्रतिनिधि सभा विघटनको विपक्षमा अधिवक्ताहरूले बहस गरिरहेका छन् । बहसका क्रममा अधिवक्ताहरूले घण्टाैँसम्म समय लिएपछि बुधबारदेखि समय तोकिएको छ ।

बुधबारदेखि एक जना अधिवक्ताले बढीमा आधा घण्टा बहस गर्न पाउने गरि प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर राणाले समय निर्धारण गर्नुभएकाे सर्वोच्च अदालतले जनाएको छ । बुधबारकाे पहिलो बहस संविधानविद् चन्द्रकान्त ज्ञवालीले गर्नुभएको छ । उहाँलाई प्रधानन्यायाधीश राणाले आधा घण्टाकाे समय दिनुभएको थियो ।

बहसमा ज्ञवालीले प्रतिनिधि सभाबाट सरकार गठनको सम्भावना भएसम्म विघटन गर्न नमिल्ने दाबी गर्नुभयाे । उहाँले अहिले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कुनै कारण नै नभएको भन्दै प्रधानमन्त्रीको मनलाग्दी निर्णयलाई सर्वोच्चले सच्याउनुपर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया