हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही गरेको छ ।
बजारमा खाने तेलको मूल्य अस्वाभाविक रूपमा बढेकाे गुनासो आएपछि विभागले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बारामा रहेका दुई उद्योगले मूल्य बढाएको भेटिएपछि कारबाही गरेको विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाईँले जानकारी दिनुभयो ।
विभागले बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्राली र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार तीन–तीन लाख रुपैयाँ जरिबाना गरेको उहाँले बताउनुभयो ।
तीन महिनाअघिको तुलनामा अहिले तोरीको तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर ४० रुपैयाँ र भटमासको तेल लिटरमा २० रुपैयाँभन्दा बढीले मूल्य बढेको छ ।
स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा खाने तेलको मूल्य बढेको व्यवसायीहरू बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।