२४ घण्टामा ३१८ जनामा काेराेना सङ्क्रमण

 माघ ७, २०७७ बुधबार १७:०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा तीन सय १८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६८ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लाे २४ घण्टामा तीन सय ८३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६२ हजार ६ सय ४२ पुगेको छ । 

यस्तै थप ६ जनाकाे ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ । 

नेपालमा अहिलेसम्म २० लाख २६ हजार सात सय २६ जनाकाे पीसीआर परीक्षण भएकाे छ ।  

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया