हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डाै विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठन भएको तीन सदस्यीय छनाेट समितिको सिफारिसमा कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रध्यापक डाक्टर थापालाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो । उपकुलपतिको कार्यकाल चार वर्षको हुनेछ ।
उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्रा. डा. भोला थापा र प्रा. डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुङ्गाना र पूर्वउपकुलपति सुरेशराज शर्मा रहनुभएको थियो ।
काठमाण्डाै विश्वविद्यालय स्थापना भएदेखि यस विश्वविद्यालयमा प्राध्यापन गर्दै आउनुभएका थापाले यस विश्वविद्यालयमा २७ वर्ष काम गर्नुभएको हो । नवनियुक्त थापा नाै वर्ष डिन र पाँच वर्ष रजिस्ट्रार हुनुभएको थियो ।
पेसामा मेकानिकल इञ्जिनियर उपकुलपति प्रा. डा. थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधि गर्नुभएको थियो । कुलपति नियुक्ति भएपछि विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई भेट्न उहाँ मन्त्रालय पुग्नुभएको थियो ।
उपकुलपति नियुक्त भएपछि उहाँले विश्वविद्यालयको शैक्षिक उन्नयनमा आफू लागिपर्ने बताउनुभयो । उहाँले अहिले देखिएका समस्या समाधान गर्न आफू हरसम्भव लागिपर्ने बताउँदै त्यसको लागि पूर्वउपकुलपति, प्राध्यापक सङ्घ लगायतसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।