हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय १२ महिला र दुई सय ६ पुरुष गरी थप तीन सय १८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पाँच हजार १२ स्वाब परीक्षण गर्दा तीन सय १८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्मको कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार तीन सय १० मध्ये दुई लाख ६२ हजार ६ सय ४२ जना निको भएका छन् । बुधवार थप तीन सय ८३ जना डिस्चार्ज भएसँगै निको हुने दर ९७ दशमलव ९ प्रतिशत पुगेको छ ।
अहिलेसम्म २० लाख २६ हजार सात सय २६ जनाको आरटी/पीसीआर परीक्षण गरिएको छ । गएकाे २४ घण्टामा थप ६ जनाकाे ज्यान गएसँगै अहिलेसम्म सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार नाै सय ७५ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।