खैरो हेराेइनकाे कारोबार गर्ने जालो प्रहरीको फन्दामा

 माघ ७, २०७७ बुधबार २०:६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकाभित्र लागुऔषध, खैरो हेरोइनको कारोबार गर्ने जालो प्रहरीको फन्दामा परेको छ । 

लागुऔषध नियन्त्रण ब्युराेले काठमाण्डाै उपत्यकाभित्र लागुऔषध खैरो हेरोइनको कारोबार गर्ने जालोलाई पक्राउ गरेको हो । लागुऔषध खैरो हेरोइनसहित नाै जना पक्राउ परेका हुन् ।

उनीहरूकाे साथबाट ब्युरोले ५ सय ३६ दशमलव पाँच ग्राम खैरो हेराेइन बरामद गरेको छ । यो परिमाण प्रहरीले बरामद गरेको अहिलेसम्मकै धेरै हो । ब्युरोले उनीहरूको साथबाट ७ दशमलव ५ ग्राम एमफेटाइमन आइस ड्रग र लागुऔषध तौल गर्ने मेसिन पनि बरामद गरेको छ । 

यस्तै ६ लाख ७१ हजार पाँच सय रुपैयाँ नगद, ६ हजार एक सय अमेरिकन डलर र तीन थान सवारी साधनसमेत बरामद गरेको छ । ब्युरोका प्रमुख एसएसपी दीलिपकुमार चौधरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको जानकारी दिँदै काठमाण्डाै उपत्यकाभित्र कारोबार गर्ने अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जानकारी दिनुभयो ।

लागुऔषध नियन्त्रण ब्युराेले पक्राउ परेका नौ जनालाई नै बुधबार सार्वजनिक गरेको हो । ब्युरोका अनुसार पक्राउ परेका व्यक्तिहरूले लागुऔषध खैरो हिरोइन प्रति एक ग्राम तीन हजारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री वितरण गरेको अनुसन्धानमा देखिएको पनि जानकारी दिइएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया