रुकुम पूर्वमा अटो दुर्घटना : एककाे ज्यान गयाे, दुई घाइते

 माघ ८, २०७७ बिहिबार १०:३५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पूर्व - रुकुम पूर्वको भुमे गाउँपालिका-१ लुकुममा अटो दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

रा १ ह ४०९९ नम्बरको अटो दुर्घटना हुँदा चालक १७ वर्षका आशिष विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

१४ वर्षकी अञ्जली विक र १५ वर्षकी एलिना विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया