गण्डकी प्रदेशले काेराेना प्रभावित व्यवसायीलाई विना ब्याज ऋण उपलब्ध गराउने

 माघ ८, २०७७ बिहीबार ११:४८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गण्डकी प्रदेश सरकारले कोरोनाका कारण प्रभावित भएका उद्यमी व्यवसायीलाई ब्याज नलिइकन ऋण उपलब्ध गराउने भएको छ ।

५० लाख र त्यसभन्दा कम कारोबार भएका उद्यमी व्यवसायीले यही माघ २१ गतेदेखि फागुन २० गतेसम्म कागजातसहित निवेदन पेस गर्न सकिने गण्डकी प्रदेश सरकारले सूचनामार्फत जनाएको छ ।

कोरोनाले प्रभावित भएका क्षेत्रहरु लघु, घरेलु तथा साना उद्यम अन्तर्गतका व्यवसायहरु, साना पर्यटन व्यवसाय, साना यातायात व्यवसाय, र सेवामूलक व्यवसाय गर्नेहरुले यो ऋण पाउनेछन् ।

विना ब्याजको ऋण पाउनका लागि गण्डकी प्रदेशभित्र उद्यम, व्यवसाय सञ्चालन गरेको नेपाली नागरिक हुनुपर्ने, बैंक कसुरअन्तर्गत कारबाही नभएको, कालो सूचीमा नपरेको, स्थायी लेखा नम्बर लिएको लगायत हुनुपर्नेछ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया