तातोपानी नाका २० दिनका लागि बन्द

 माघ ८, २०७७ बिहीबार १२:१९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनसँगको प्रमुख नाका तातोपानी फेरि बन्द भएको छ ।

आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो  ।

सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न आजदेखि नाका बन्द गर्ने जानकारी चिनियाँ पक्षले यसअघि नै दिइसकेको थियो । बाढीले क्षति पुर्‍याएकाे पुल पुनर्निर्माण गर्न २० दिन लाग्ने जानकारी आएको तातोपानी भन्सार कार्यालयका प्रमुख खत्रीले जानकारी दिनुभयो ।

पहिलेकै बाढीले क्षति पुर्‍याएकाे पुलको एक भागमा यस वर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो । यो नाकाबाट कार्तिक महिनायता एक हजारभन्दा बढी सामान बोकेका कन्टेनर नेपाल भित्रिएका छन् । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया