हप्ता/१० दिनमा काेराेनाविरुद्धकाे खोप वितरण गरिने

 माघ ८, २०७७ बिहिबार १२:५५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतबाट आएको काेराेना भाइरसविरुद्धकाे १० लाख डाेज खोप हप्ता/१० दिनमा वितरण गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउनुभएको छ ।

भारतबाट आएको खोप हस्तान्तरण कार्यक्रममा उहाँले अबको हप्ता/१० दिनमा खोप वितरण गर्ने बताउनुभएको हो । उहाँले भारतसँगको उच्च सम्बन्धका कारण नेपालमा कोरोनाविरुद्धको खोप भित्र्याउन सफल भएको बताउनुभयो ।

उहाँले पहिलो चरणमा डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिएकालाई खोप दिइने पनि बताउनुभयो । बिहान ११ बजेर ५१ मिनेटमा भारतको एअर इण्डियाकाे जहाजबाट काठमाण्डौमा खोप ल्याइएको हो ।

कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्नुभयो । 

अन्तिम अपडेट: माघ १०, २०७७

तपाईको प्रतिक्रिया