थप ३३६ जनामा काेराेना सङ्क्रमण, १९८ जना काठमाण्डाै उपत्यकाका

 माघ ८, २०७७ बिहीबार १७:२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर तीन सय ३६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ३० जनाको पीसीआर परीक्षण भएकोमा तीन सय ३६ जनालाई कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ६ सय ४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय २६ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ६२ हजार आठ सय ६८ जना पुगेको छ । अहिले नेपालमा तीन हजार सात सय ९९ जना सक्रिय सङ्क्रमित रहेका छन् । बिहीवार सङ्क्रमण पुष्टि भएकामध्ये एक सय ९८ जना काठमाण्डाै उपत्यकाका रहेका छन् ।

यस्तै थप चार जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ७९ पुगेको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया