नेप्से परिसूचक २४ सय नजिक, झण्डै ७ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार

 माघ ८, २०७७ बिहिबार १७:३०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से नयाँ उचाइमा पुगेको छ । परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

बिहीवार सूचकसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से ३१ दशमलव ८७ अङ्कले बढेर २ हजार ३ सय ७४ दशमलव ६४ बिन्दुमा पुगेको हो । आज सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५९ अङ्कले बढेर ४ सय ४५ दशमलव ५९ विन्दुमा पुगेको छ ।

बिहीवार झण्डै सात अर्ब ८० करोड बराबरको एक करोड ८१ लाख पाँच हजार ६ सय ७१ कित्ता शेयर खरिद/बिक्री भएको छ । 

कारोबारका आधारमा बिहीवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको ५३ करोड ३३ लाख १२ हजार चार सय २१ रुपैयाँ बराबरको कारोबार भइ शीर्ष स्थानमा रह्यो ।

यस्तै नेको इन्स्योरेन्स २६ करोड ६४ लाख ४८ हजार दुई सय १३, नेपाल पुनर्बीमा कम्पनी २२ करोड ९९ लाख ४७ हजार दुई सय २१, शिखर इन्स्योरेन्स २२ करोड ८२ लाख ६१ हजार सात सय ७२, नेशनल लाइफ इन्स्योरेन्स २१ करोड ४४ लाख ५६ हजार एक सय ६७, प्रभु बैंक २१ करोड ४३ लाख ५० हजार नाै सय ४३, नेपाल दूरसञ्चार कम्पनी २१ करोड तीन लाख ६४ हजार ६ सय ४८, एनआईसी एसिया बैंक १६ करोड १६ लाख ३५ हजार आठ सय ४४ र अरुण काबेली पावर कम्पनी १३ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा सर्पोट माइक्रोफाइनान्स १०, स्वाभिमान लघुवित्त ९.९८, सिद्धार्थ इन्स्योरेन्स ९.९७, महिला सहयात्रा माइक्रोफाइनान्स ९.९६, गरिमा विकास लघुवित्त ९.९६, आशा लघुवित्त ९.९६, गुराँस लघुवित्त ९.९४, सूर्योदय लघुवित्त ९.९४ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए ।

यसैगरी नारायणी डेभलपमेन्ट बैंक ६.७०, नेपाल हाइड्रो ४.२५, बरुण हाइड्रोपावर ३.३३, बैंक अफ काठमाण्डू २.१३, सनराइज म्युचल फण्ड १.९६, मन्जुश्री फाइनान्स १.६५, नबिल इक्विटी फण्ड १.६३ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.६३ प्रतिशतले गुमाए ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया