गायक ध्रुव केसी रहनुभएन

 माघ ८, २०७७ बिहिबार २०:३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गायक ध्रुव केसीको निधन भएको छ । गायक केसीकाे उपचारका क्रममा बिहीवार दिउँसो साढे चार बजे अर्किड केयर सेन्टर भैँसेपाटीमा निधन भएको हो ।

गायक केसी पार्किन्सन रोगले ग्रसित हुनुहुन्थ्यो । उहाँ लामो समय मुम्बईमा रहनुभएको थियो । उहाँले मुम्बईमा केही विज्ञापनमा अभिनयसमेत गर्नुभएको साहित्यकार तथा सर्जक प्रकाश सायमीले जानकारी दिनुभयो ।

गायक केसीका ‘मायालु हजार हुन्छन्’, ‘बगी जाने खोला’, ‘सबले भन्छन्’, ‘तिम्रो माया कागजको’, लगायतका गीत चर्चित छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया