ओलीले आसपासे र कार्यकर्ताबाहेक अरूलाई सुखी पार्न नसकेकाे कांग्रेस नेता सिंहकाे टिप्पणी

 माघ ८, २०७७ बिहिबार २०:३०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसेपासे र नेकपाका कार्यकर्ताबाहेक अरूलाई सुखी पार्न नसकेको टिप्पणी गर्नुभएको छ । 

प्रतिनिधि सभा विघटनको कदमविरुद्ध नेपाली कांग्रेस काठमाण्डाै महानगरपालिका ११ ले बिहीवार माइतीघर मण्डलामा आयोजना गरेको विरोध कोण सभालाई सम्बोधन गर्दै यस्ताे बताउनुभएकाे हाे ।

नेता सिंहले प्रधानमन्त्री ओलीले चुनावमा जाँदा स्थिरता दिने र आम नागरिककाे जीवनलाई सुखी पार्ने प्रतिबद्धा गरेको भए पनि आफ्नो आसेपासे र नेकपाका मान्छेबाहेक आम नागरिकलाई केही पनि दिन नसकेको दाबी गर्नुभयाे । 

नेता सिंहले प्रधानमन्त्री ओलीलाई संविधान तथा सङ्घीय कानुनअनुसार राज्य सञ्चालन गर्ने मात्रै अधिकार भएको भन्दै ओलीले भन्ने गरे जस्तो प्रतनिधि सभा विघटनको विशेषाधिकार संविधानमा नभएको बताउनुभयो । संविधान अनुरूप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओली चुनाव नगराउनेतिर गएको आभास भएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया