आजदेखि ४ चलचित्र प्रदर्शनमा, कस्ले मार्ला बाजी ?

 भदौ १, २०७५ शुक्रबार १२:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – शुक्रबारदेखि  ४ वटा चलचित्र देश भर एकै साथ प्रदर्शनमा आएका छन् । रिलिज भएका चलचित्र हुन् मिष्टर भर्जिन, जय शम्भु  ब्ल्याक र १२ मासे  ।

तीन युवाको यौनप्रतिको सोच र उनीहरुको दौडधुपको कथा बोल्ने चलचित्र मिष्टर भर्जिन विशारद बस्नेतको निर्देशनमा तयार भएको हो ।  यसले  मल्टिप्लेक्समा अन्य चलचित्रको तुलनामा केहि बढी शो पाएको छ । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, भोला सापकोटा, मरिष्का पोखरेललगायतका कलाकारको मुख्य भूमिका छ ।

त्यस्तै आजदेखि चलचित्र ‘जय शम्भु’ पनि रिलिज भएका छ । अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा सिवाकोटीको त्रिकोणात्मक प्रेम झल्किने यो चलचित्रमा एक्सन र लभस्टोरी दुवैको मजा लिन सकिने छ । 

चलचित्र ‘ब्ल्याक’ पनि रिलिज भएको छ । आश्मा पाण्डेको निर्माणमा तयार भएको चलचित्रमा प्रदीप श्रेष्ठको निर्देशन रहेको छ । चलचित्रमा आकाश श्रेष्ठ, आँचल शर्मा, आयुष रिजालको मुख्य भूमिका छ ।

त्यसैगरी अानदेखि नै देशभर प्रदर्शनमा आएको चलचित्र हो १२ मासे । लय संग्रौलाले निर्देशन गरेको यस चलचित्रमा जयकिशन बस्नेत, पूजा प्रधान, मरिचमान श्रेष्ठ,प्रदीप पाठक, सोनिक बास्तोल, सबनम दाहाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हास्य प्रधान चलचित्र १२ मासे पनि कमेडी जनरामा निर्माण भएको चलचित्र हो । जुवा तासमा बरालिएर हिडेका युवाहरुका कथालाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ । चलचित्रमा वासु न्यौपानेको छायांकन तथा अनन्त घिमिरेको सम्पादन रहेको छ । 

चलचित्र बजारमा  आशा गरिएका तिनै वटा चलचित्र एकसाथ रिलिज हुदा त्यसले चलचित्र युनिटलाई सफलता हात पार्न त्यति सहज भने छैन । तिनै चलचित्रले मल्टिप्लेक्समा आशा गरे अनुरुपको शो पाएका छैनन् । ती मध्ये कुन चलचित्रलाई दर्शकले रोज्छन त्यो भने हेर्न बाकि नै रहेको छ ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया