हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बुधबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु हुने बताउनुभएको छ ।
सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आगाउँदाे बुधबार अर्थात् माघ १४ गतेबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गर्ने बताउनुभएको हो । खोप कार्यक्रमका लागि समूह तयार पारिसकेको उहाँले बताउनुभयो ।
कोरोनालाई पराजित गर्ने अभियानको सुरुवात भइसकेको र नियन्त्रणको टर्निङ प्वाइन्टमा पुगेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले पहिलो चरणमा अग्रभागमा रहेर कोरोनाविरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने बताउनुभयो ।
साथै पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।