हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - गाडीको लाइसेन्स लिन चाहनेहरुले अनलाइनमार्फत आवेदन दिए पनि परीक्षाका लागि लामो समय कुर्नुपर्ने समस्या तत्काल नहट्ने भएको छ ।
अनलाइन प्रणालीमार्फत आवेदन दिनेहरु धेरै भएकाले ४ देखि ५ महिनासम्म पनि परीक्षाको पर्खाइमा बस्नुपर्ने हुन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
अनलाइन प्रणालीमार्फत आवेदन दिएकाहरुको सिरियल क्रम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने विभागले जनाएकाे छ । र त्यसै सिरियल नम्बरको आधारमा परीक्षाका लागि बोलाइने विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिनुभयो ।
अहिलेको भौतिक संरचना बढाउने काम नभएको तर आवेदकको संख्या भने बढेकाले समस्या भएकोले आवेदन दिने बित्तिकै परीक्षा दिन पाउने भन्ने नभएको उहाँको भनाइ रहेको छ ।
आवेदन दिएकाहरुमध्येबाट कार्यालय खुलेको दिन एक सयदेखि १ सय ५० जनासम्मलाई बोलाएर परीक्षा लिने गरेको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।