मलेसियाबाट १७ जना नेपालीको शव नेपाल ल्याइयाे

 माघ १०, २०७७ शनिबार १३:५६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मलेसियाबाट १७ जना नेपालीको शव आज नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजमार्फत १७ जना नेपालीको शव नेपाल ल्याइएको हो ।

गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएर काठमाण्डौ आएको नेपाल वायुसेवा निगमले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए । शव ल्याउन नसकिएका ५ जनाको भने अस्तु मात्रै ल्याइएको छ ।

शव बुझ्न गएका आफन्तको रुवाबासीले बिहान विमानस्थलकाे अवस्था शाेकमग्न थियो । मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा शव ल्याएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताउनुभयो । निगमले क्वालालम्पुर गन्तव्यमा न्यारो बडी जहाजले नियमित उडान गर्दै आए पनि नेपाली कामदारको शव लिनकै लागि निगमले वाइड बडी जहाज पठाइएको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

1 Comments

  • Khagendra Khadka

    Jan. 25, 2021, 9:33 p.m.

    यस्ता खालका समाचार प्रकाशित गर्दा मृतकको नाम ठेगाना उल्लेख गर्दा राम्राो हाेला की ।

  •  0 Reply

तपाईको प्रतिक्रिया