हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले एमबीबीएसको शुल्क नबढाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको चिकित्सा शिक्षा आयोगको पाँचौ बैठकमा प्रधानमन्त्री ओलीले आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो ।
आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमको लागि ८ लाख रुपैयाँ बढाएर ४८ लाख रुपैयाँ बनाउन सिफारिस गरेको थियो । आजको बैठकमा आयोगको अध्यक्ष समेत रहनुभएका ओलीले कोरोना कहरले थला परेको अवस्थामा शुल्क वृद्धि गर्दा नकरात्मक असर पर्ने भएकोले बढेको शुल्क तत्कालै स्थगित गर्न निर्देशन दिनुभएको हो ।
‘अहिले शुल्क बढाउने कुरा नगर्नुस्, स्थगित गर्नुस्’, प्रम ओलीले भन्नुभयो । बैठकमा आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले गलत सन्देश जाने भएकोले यो अवस्थामा शुल्क नबढाउन सुझाव दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।