पश्चिमी वायुको प्रभाव देखिए पनि पानी पर्ने सम्भावना कम

 माघ १०, २०७७ शनिबार १८:६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पश्चिमी वायुको प्रभाव देखिए पनि पानी पर्ने सम्भावना भने कम देखिएको मौसमविद्ले बताएका छन् ।

मौसममा केही बदली र पश्चिम वायु भित्रिएकोले पानी पर्ने आशा बढेको भए पनि यस पटकको पश्चिमी वायुले पानी पार्ने सम्भावना निकै कम रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा सामान्य हिमपात र उच्च पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी परे पनि त्यो नगन्य हुने उहाँले बताउनुभयो ।

पश्चिमी वायुको प्रभावले बिहानीपख सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको भए पनि दिउँसोपखबाट मौसम खुल्दै गएको र धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

नेपालमा हिजो बेलुकी प्रवेश गरेको पश्चिमी वायु भोलिदेखी नै कमजोर हुँदै जाने महाशाखाले जनाएको छ । आज तराईका जिल्लामा लागेको हुस्सु र कुहिरो पनि दिउँसोपखबाट हटेर धेरैजसो ठाउँमा घाम लागेको छ । केही दिनदेखि दिनभर हुस्सु कुहिरो लागेको तराईका जिल्लामा आज भने दिउँसोपखबाट हुस्सु कम भएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

लामो समयदेखि पानी नपर्दा किसानहरुको हिउँदे बालीमा सुख्खा लाग्नुको साथै वातारण प्रदुषण समेत बढिरहेकोले यसबेला पानी परेमा फाइदा पुग्ने मौसमविद्हरु बताउँछन् । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया