हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसको पहिलो सङ्क्रमण पुष्टि भएको एक वर्ष पूरा भएको छ । चीनको वुहान युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका ३२ वर्षीय पुरुषमा गएको वर्षको माघ १० गते कोरोना पुष्टि भएको थियो ।
एक वर्षको अवधिमा नेपालमा दुई लाख ६९ हजार एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ भने एक हजार नौ सय ९४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको छ । सङ्क्रमण पुष्टि भएका मध्ये दुई लाख ६३ हजार सात सय ३४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा तीन हजार चार सय ५२ जना सक्रिय संक्रमित छन् भने उनीहरु मध्ये एक सय ४७ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार पनि नेपालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण फैलदै गर्दा खुल्ला सीमा, परीक्षणका लागि प्रयोगशाला तथा किटको अभाव, स्वास्थ्य सामाग्री खरिदको भ्रष्टचार काण्ड लगायतका कारण सङ्क्रमण र त्रास बढे पनि विस्तारै अवस्था सामान्य हुँदै गएको छ ।
सङ्क्रमण नियन्त्रणका लागि सरकारले गएको चैत ११ गतेदेखि साउन छ गतेसम्म एक सय २० दिन देशव्यापी लकडाउन र त्यसपछि विभिन्न ठाउँमा निषेधाज्ञा लगाएको थियो । पछिल्लो समय परीक्षण, उपचार तथा खोप लगायत महामारी नियन्त्रणका काममा सरकारले लय समातेको छ । नेपालमा कोरोना नियन्त्रणको काममा स्वास्थ्यकर्मीहरुको योगदान विशेष रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार एक वर्षको अवधिमा सात हजार सात सय पाँच जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ भने ११ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । नेपालमा यसअघि विभिन्न सरुवा रोगको सङ्क्रमण फैलने गरेको भए पनि नियन्त्रणमा देशव्यापी महत्व पाएको थिएन । कोरोना महामारी फैलिएपछि भने भौतिक संरचना निर्माण, स्वास्थ्य उपकरण तथा दक्ष जनशक्ति तयार लगायतका काममा धेरै प्रगति भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।