जनमुक्ति सेनाको त्याग र बलिदानले देशमा ठूलो परिवर्तन आएको छ : ओली

 माघ १०, २०७७ शनिबार १९:३१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल गर्नुभएको छ ।

बालुवाटारमा तत्कालीन जनमुक्ति सेना विभिन्न तहका कमाण्डरलाई बोलाएर प्रधानमन्त्रीले जनयुद्धका क्रममा खेलेको भूमिकाका विषयमा प्रशंसा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । ‘जनयुद्धमा तपाईंहरुले खेलेको भूमिकाको म प्रशंसा गर्छु, तपाईंहरुको त्याग र बलिदानले देशमा परिवर्तन ल्याउन ठूलो सहयोग गरेको छ’, ओलीले भन्नुभयो ।

पूर्व जनमुक्ति सेनालाई नेतृत्वले पटक पटक धोका दिएको भन्दै ओलीले आफूले समस्या समाधान गरिदिने आश्वासन समेत दिनुभएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहले कार्यकर्ता आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका छन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया