नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको सबस्टेशनको लागि सर्भे सुरु

 माघ १०, २०७७ शनिबार २०:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – नेपाल-चीनबीच निर्माण हुन लागेको पहिलो अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ सबस्टेशन निर्माणका लागि सर्भे सुरु भएको छ । प्रसारण लाइनको चीनतर्फ तिब्बतमा रहेको जिलोङ काउन्टीमा सबस्टेशन राख्ने तयारी छ ।

नेपालतर्फ नुवाकोट त्रिशूलीमा सबस्टेशन राख्नका लागि सर्भेको काम सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणले आफ्नै जग्गामा सबस्टेशन निर्माण गर्ने सहित सर्बेको काम अघि बढाएको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभयो ।

आयोजनाले नेपालतर्फ यसअघि नै लोड फ्लो टेष्टको काम सकेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सकिने गरी काम अगाडि बढाइएको आयोजनाले जनाएको छ । यसको काम झण्डै डेड वर्षमा सकिने रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ ।

भारतसँग ढल्केबर, गोरखपुर तथा चीनसँग रसुवागढी–केरुङ प्वान्टबाट प्रणालीको अध्ययन गरिएको हो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया