तत्काल वर्षा नहुने, माघ महिनाभरिकै मौसम यस्तै रहने अनुमान

 माघ ११, २०७७ आइतबार ७:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  वर्षा नहुँदा यो वर्षको हिउँदमा सुख्खापन र प्रदूषण बढेको छ ।

सामान्य नागरिकमात्रै नभएर यतिबेला किसान, वातावरणविद् पनि वर्षाको प्रतिक्षामा छन्  । तर, मौसमविद्ले तत्काल वर्षा नहुने बताउँदै आइरहेका छन् । बिहान हुस्सु र कुहिरो लागेर केही ठाउँको मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने हुँदा यो महिनाभरिकै मौसम यस्तै रहने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

उहाँकाअनुसार सामान्यतया माघ महिनाको १५ गतेदेखि बिस्तारै गर्मी बढ्छ । दिन लामोसँगै गर्मी पनि बढ्दै जाने भए पनि यसपालि त्यस्तो नहुने देखिएको उहाँले बताउनुभयो । समयमा नै पानी नपर्दा मौसम राम्ररी खुल्न सकेको छैन ।

पानी  परे आकाश खुल्ने र धुवाँ धुलो पनि हटेर जान्छ । आज हिमाली जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ भने पहाडी जिल्लाको मौसम दिउँसोपख सफा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । अहिले भने देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । 

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया