नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज

 माघ ११, २०७७ आइतबार ७:३६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ । 

बैठक दिउँसो साढे १२ बजे बस्ने छ । समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

गएको पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध  प्रचण्ड-नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया