ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ

 माघ ११, २०७७ आइतबार ७:५०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा ड्यूटीमा खटिरहेका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई जना चालक पक्राउ परेका छन् । 

गएराति सवा ९ बजे कलंकी खसीबजार सडकखण्डमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई बा ४ ख ७३२५ नम्बरको टिप्पर चालक धादिङ थाक्रेका २८ वर्षका रामहरी थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए । 

ट्राफिक प्रहरीले गाडीको कागजात माग्दा चालक थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै, गएराति साढे ९ बजे कलंकी–खसीबजार सडकखण्डमा नै को १ ख ५००४ नम्बरको टिप्पर चालक पक्राउ गरेका छन् । 

चालक मकवानपुरका कुलबहादुर घलानले पनि ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई दुई सय रुपैयाँ घुस दिन खोजेका थिए ।

अन्तिम अपडेट: माघ १२, २०७७

तपाईको प्रतिक्रिया