हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - आज सबै प्रदेशका भण्डारणमा कोरोनाविरुद्धको खोप पुर्याउने तयारी भएको छ ।
त्यहाँबाट जिल्ला जिल्लाका खोप केन्द्रमा खोप पुर्याइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोपशाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले कोरोना खोपको सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो । खोप लगाउन जनशक्ति तयार पार्ने काम भइरहेको उहाँले बताउनुभयो ।
पहिलो चरणमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने जनशक्ति, स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने छ । तर, अहिलेसम्म पनि खोप लगाउन सुरु गर्ने मिति भने तोकिएको छैन ।
कोरोनाविरुद्धको खोप १८ वर्षमाथिका उमेर समूहलाई मात्र दिइने छ । नयाँ भएकाले खोप लगाइसकेपछि आधा घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राखिने छ । डाक्टर गौतमकाअनुसार गर्भवती, सुत्केरी र कुनै पनि एलर्जी भएका व्यक्तिले खोप लगाउनु हुँदैन । गएको बिहीबार भारतले नेपाललाई खोपको १० लाख डोज हस्तान्तरण गरेको थियो ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप भारतले हस्तान्तरण गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।