हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाको कृषि विभागले मल वितरण तथा व्यवस्थापनका लागि सूचीकृत हुने समय एक हप्ता थपेको छ ।
एक महिनाअघि सूचना प्रकाशित हुँदा तीन वटा फार्म सूचीकृत हुन आएको र अरु फार्महरुले पनि इच्छा देखाएकाले फेरि सूचना प्रकाशित गरिएको महानगरपालिकाको कृषि विभागका प्रमुख हरि भण्डारीले जानकारी दिनुभयो । अहिलेसम्म काठमाण्डौको कालीमाटी, माछापोखरी र भद्रकालीमा महानगरपालिकाको कृषि विभागमार्फत रासायनिक मल वितरण भैरहेको छ ।
मल वितरणका लागि इच्छुकहरु विभागमा सूचीकृत भएपछि उनीहरुले मल बेच्न पाउने र महानगरपालिकाको तर्फबाट ढुवानी, व्यवस्थापनलगायतमा छुट पाउने प्रमुख भण्डारीले बताउनुभयो । महानगरपालिकाले सूचीकृत फार्ममार्फत रासायनिक मल बेच्न थालेको हो ।
महानगरपालिकाको कृषि विभागमा सूचीकृत हुनका लागि सहकारी संस्था, फार्म वा संस्था दर्ताको प्रमाणपत्र, दुई आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, स्थायी लेखा नम्बरको दर्ता प्रमाणपत्र, सम्बन्धित वडाको सिफारिसलगायत कागजात पेस गर्नुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।