हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय, प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रम र अस्ति (शुक्रबार) काठमाण्डौमा भएको विरोध प्रदर्शनको समीक्षालगायतका विषयमा छलफल केन्द्रित रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ नआएकाले उहाँलाई कारबाही गर्ने निर्णय हुने सम्भावना रहेको बुझिएको छ । गएकाे माघ २ गते बसेको नेकपाको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
गएको पुस ५ गते प्रतिनिधि सभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।