हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिमले प्रदेश दुईलाई हराएको छ । आइतबार त्रिवि क्रिकेटमा मैदानमा भएको खेलमा सुदुरपश्चिमले प्रदेश दुईलाई तीन विकेटले हराएको हो ।
प्रदेश दुईले दिएको एक सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा सात विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमका सन्जु धामीले ५७, खड्क बोहोराले ४३, गजेन्द्र बोहोराले ३९ रन बनाए । प्रदेश दुईका कुमार थापाले तीन, हरिशङ्कर साहले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश दुईले ४२ ओभरमा सबै विकेट गुमाएर एक सय ९५ रन बनाएको थियो । प्रदेश दुईका हरिशङ्कर साहले सर्वाधिक ६० रन बनाए । त्यस्तै विकेक यादवले ४१, मेहबुब आलमले २३ र राहुल प्रताप सिंहले १२ रन जोडे । सुदूरपश्चिमका शेर मल्ल, नरेन्द्र साउदले तीन/तीन तथा अरुण ऐरीले दुई विकेट लिए ।
यी दुवै टिम प्रतियोगिताबाट भने बाहिरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।