विराट कोहलीको ठाउँमा रहाणेलाई टेस्ट कप्तान बनाउन माग

 माघ ११, २०७७ आइतबार १७:४३:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – अस्ट्रेलियाविरुद्ध भारतीय टिमलाई दुई–एकले टेस्ट शृङ्खला जिताउने अजिन्क्या रहाणेको कप्तानीको सबैतिर चर्चा भइरहेको छ । एडिलेडमा खेलिएको पहिलो टेस्टमा भारतीय टिम अस्ट्रेलियाविरुद्ध दोस्रो पारीमा मात्र ३६ रनमा समेटिएको थियो । कङ्गारु (अस्ट्रेलिया) टिमले साढे दुई दिनभित्र नै भारतलाई आठ विकेटले हराएर सिरिजमा एक–शून्यको अग्रता लिएको थियो । 

विराट कोहली अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खला बीचमै छोडेर भारत फर्किसकेका थिए तर कोहलीको ठाउँमा कप्तानी गर्ने अजिन्क्य रहाणेले अस्ट्रेलियाको माइण्ड गेम पार गर्दै टिमलाई फेरि खडा गरे । भारतीय टिमले रहाणेको कप्तानीमा मेलबर्नमा उत्कृष्ट पुनरागमन गर्याे । अजिन्क्य रहाणेले भारतीय टिमको अगुवाइ गर्दै मेलबर्नमा उत्कृष्ट शतक प्रहार गरे । रहाणेले टिमलाई कङ्गारुमाथि आठ विकेटको उत्कृष्ट जित दिलाए ।  

इङ्ग्ल्याण्डका पूर्वकप्तान माइकल वन, अस्ट्रेलियाका पूर्वकप्तान रिकी प्वोइन्टिङ र शेन वार्नले पनि रहाणेको कप्तानीको तरिफ गरेका थिए । भारतीय पूर्वकप्तान बिशन सिंह बेदीले विराट कोहलीको ठाउँमा अजिन्क्य रहाणेलाई नियमित (पर्मानेन्ट) कप्तान बनाउन माग गरेका छन् ।  

बिशन सिंह बेदीले इण्डियन एक्सप्रेसमा लेखेको एक स्तम्भमार्फत भने, ‘अजिन्क्य रहाणे मलाई टाइगर पटौदीको याद दिलाउँछन् । रहाणेले घायल टिमको कप्तानी गर्दै भारतलाई अस्ट्रेलियामा दुई–एकले शृङ्खला जिताउनु तरिफको योग्य छ ।’  

बिशनले भने, ‘रहाणेको बलरमा परिवर्तन र फिल्डिङ सजाउने कला पटौदीको जस्तै देखियो । भारतीय टिमका महान ब्याट्सम्यान र साधारण कप्तानमध्ये कुनै एकलाई छान्ने समय आएको छ ।’

बिशन सिंह बेदी अघि भन्छन्, ‘विराट कोहली भारतका लागि लामो समय खेलिसके, यसैले रहाणेलाई कप्तान बनाउनुपर्छ । उनी कप्तानी गर्न सक्छन्, जबकि रोहित सेतो बल (लिमिटेड ओभर) को कप्तानी सम्हाल्न सक्छन् ।’ 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया