प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सत्ता नेकपाकै हातमा जान्छ, समस्या समाधान हुँदैन : महन्थ ठाकुर

 माघ ११, २०७७ आइतबार २०:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कारण समस्या समाधान नहुने बताउनुभएको छ । 

आइतबार जनता समाजवादी पार्टी नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह) बीच पार्टी एकीकरण घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले प्रतिनिधि सभा पुर्नस्थापना भए पनि सत्तारुढ नेकपाका कारण समस्या समाधान नहुने बताउनुभएको हो । प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सत्तारुढ नेकपा कानुनी रूपमा विभाजित नभएको अवस्था भएकाले सत्ता नेकपाकै हातमा जाने र यसले समस्याको समाधान नगर्ने उहाँको भनाइ छ । 

कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । सङ्घीयता, गणतन्त्र, समावेशिता जस्ता मुद्दालाई समाप्त पारि देशलाई पछाडि धकेल्ने प्रयास भएको भन्दै यी परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । प्रतिनिधि सभा विघटनको कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु रहेको उहाँको भनाइ छ ।

वरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक–पटक बदलिए पनि विचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको धारणा राख्नुभयो । कम्युनिस्ट र कांग्रेसले देशलाई गोलचक्करमा फसाएको उहाँले बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह) बीच आइतबार ललितपुरमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा भएको छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया