कुश्माको द क्लिफमा जर्ब बलको पनि मजा लिन सकिने

 माघ ११, २०७७ आइतबार २०:१३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वकै दोस्राे अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालीले आफ्नै रिसोर्ट परिसरमा नेपालमै नयाँ खेल जर्ब बल सञ्चालनमा ल्याएको छ ।

द क्लिफका अनुसार यस बलमा एक पटकमा दुई जना बसेर मज्जा लिन सकिनेछ । बलभित्र हार्नेसको सहायतामा बसिसकेपछि बललाई खुला ठाउँ वा चौरमा रोल गरेर मजा लिन सकिने क्लिफका अध्यक्ष राजु कार्कीले बताउनुभयो । नेपालमै पहिलो पटक यो खेल क्लिफले सञ्चालन गरेको समेत कार्कीको दाबी छ  । 

पहिलो पटक र सुरुवाती चरण भएकाले प्रति व्यक्ति दुई सय ५० रुपैयाँ लिइरहेको क्लिफले जनाएको छ । ग्राहकले चारदेखि पाँच मिनेटसम्म जर्ब बलभित्र बसेर मजा लिन सक्नेछन् ।

द क्लिफले कालीगण्डकी नदीको खोँचमा बन्जी, विश्वकै अग्लो स्विङ, गुलेली शैलीको पिङ र स्काई साइक्लिङसमेत निर्माण गरेको छ । यस क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधिसमेत थप्ने योजना रहेको कार्कीले बताउनुभयो । 

 फुटबलर अनिल गुरुङ र गायिका रचना रिमालले  पनि याे खेलकाे मजा लिइसकेका छन् ।

  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया