हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाएको छ ।
आइतबार पेरिसडाँडामा बसेको नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय कमिटी बैठकले दिएको अधिकार प्रयोग गरी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय भएको उहाँले बताउनुभयो ।
गएकाे माघ २ गते बसेको नेकपाको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाट हटाएको श्रेष्ठको भनाइ छ ।
यस्तै आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा स्थायी समिति सदस्य गङ्गालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । प्रचण्ड–नेपाल समूहकाे स्थायी कमिटीको अर्काे बैठक दुई दिनपछि बस्ने भएको छ ।
गएको पुस ५ गते प्रतिनिधि सभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।