निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

 माघ ११, २०७७ आइतबार २२:१९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहको माग दाबीलाई अस्वीकार गरेको छ । आइतबार कार्यालयमा बसेको निर्वाचन आयोगको बैठकले नेकपाको दुवै समूहको माग दाबी नपुगेको निष्कर्षसहित नेकपा विभाजनले मान्यता नपाउने निर्णय गरेको  हो ।

आयोगले नेकपाको प्रचण्ड-नेपाल र केपी ओली समूहले गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको हो । नेकपाका दुवै पक्षबाट दल विभाजको विवरण नभइ ऐनको दफा ५१ अनुसार विधान परिवर्तन, पदाधिकारी हेरफेर, कारबाही गरिएको लगायतका विवरणका विषयमा आयोगलाई जानकारी दिएका थिए ।

नेकपाको दुवै पक्षबीच दलको नाम, विधान, झण्डा वा चिह्न, दलको पदाधिकारी, केन्द्रीय समिति वा निर्णयको आधिकारिकताका विषयमा विवाद छ। तर आयोगले अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाको नेतृत्वमा कायम रहेको जनाएको छ ।

यो निर्णयसँगै नेकपा विभाजन पनि रोकिएको छ ।

गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपामा प्रचण्ड(नेपाल र ओली गरि दुई समूह बनेको छ । यसअघि निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया