हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहले थप आन्दोलनका कार्यक्रमकाे घोषणा गरेकाे छ ।
पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै यो समूहले भोलिदेखि २८ गतेसम्म विरोध गर्ने गरी थप कार्यक्रम सार्वजनिक गरेको हाे । सार्वजनिक कार्यक्रमअनुसार प्रचण्ड-नेपाल समूहले भोलि सिट्ठी जुलुस निकाल्ने, पर्सिदेखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना दिने, १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्नेलगायत छन् ।
काठमाण्डौ उपत्यका बाहिर १५ गते बुटवल, १६ गते विराटनगर, १७ गते धनगढीमा विरोध प्रदर्शन गर्ने प्रचण्ड-नेपाल समूहले घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट प्रचण्ड-नेपाल पक्ष अलग्गिएको छ ।
तर, निर्वाचन आयोगले भने पुस ५ गते यता भएका छुट्टाछुट्टै समूहका बैठक र निर्णयलाई मान्यता नदिने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।