भारत र चीनका सैनिकबीच उत्तर सिक्किममा झडप

 माघ १२, २०७७ सोमबार १३:४०:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीन र भारतका सैनिकबीच फेरि विवादित सीमा क्षेत्रमा सङ्घर्ष भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यस सङ्घर्षका बारेमा एक विज्ञप्ति नै निकालेर भारतीय सेनाले भनेको छ, ‘उत्तर सिक्किमको नाकुला क्षेत्रमा गएको जनवरी २० मा भारतीय सेना र पिपुल्स लिबरेशन आर्मीबीच सामान्य सङ्घर्ष भएको थियो ।’ यो सङ्घर्ष स्थानीय कमाण्डरहरुले नियमअनुसार समाधान गरिएको बताइएको छ ।

भारतीय सेनाले यस सम्बन्धमा तथ्यहरूलाई तोडमोड गरेर नलेख्न सञ्चारमाध्यमहरुलाई आग्रह गरेको छ । 

यसअघि समाचार एजेन्सी एएफपीले भारतीय मिडियामा छापिएको रिपोर्ट उद्धृत गर्दै सङ्घर्षमा दुवै पक्षका केही सैनिक घाइते भएको जनाएको थियो ।

यो घटना तीन दिनअघिको हो, उत्तर सिक्किमको नाकुला सीमामा केही चिनियाँ सैनिक सीमा पार गरेर भारततर्फ पुगेपछि विवाद उत्पन्न भएको थियो ।

गएको वर्षको जुन महिनामा लद्दाख क्षेत्रमा यी दुई पक्षबीच भएको सङ्घर्षमा कम्तीमा २० भारतीय सैनिकको ज्यान गएको थियो । यद्यपि आफ्नोतर्फ कति क्षति भएको भन्नेबारेमा चिनियाँ अधिकारीले केही बताएका थिएनन् ।  

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया