प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ चल्दै

 माघ १२, २०७७ सोमबार १६:५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा साेमबार (आज) पनि सुनुवाइ भइरहेको छ । १३ वटा रिट निवेदनमाथि गएको माघकाे आइतबारदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो । प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि तीन सयभन्दा धेरै कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया