थपिए ३३९ काेराेनाका सङ्क्रमित

 माघ १२, २०७७ सोमबार १६:३६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएकाे २४ घण्टामा देशभर तीन सय ३९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६९ हजार सात सय ८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय एक जना निको भएसँगै कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ६४ हजार पाँच सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप १० जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ११ पुगेको छ ।

अहिले नेपालमा तीन हजार दुई सय ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया