प्रदेश २ लाई हराउँदै पुलिस प्रधानमन्त्री कपकाे सेमिफाइनलमा

 माघ १२, २०७७ सोमबार १७:२६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – नेपाल पुलिस क्लब प्रधानमन्त्री एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाण्डौको मुलपानी मैदानमा प्रदेश २ लाई चार विकेटले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।

प्रदेश २ ले दिएको एक सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर भेटायो । पुलिसको जितमा अनिल साहले ४७ र कुशल भुर्तेलले ४३ रन बनाए । प्रदेश २ का विवेक यादव र कुमार थापाले तीन/तीन विकेट लिए ।

साेमबार (आज) को नतिजासँगै समूह 'बी' बाट वाग्मती र पुलिस सेमिफाइनलमा पुगेका छन् भने सुदूरपश्चिम, लुम्बिनी र प्रदेश २ बाहिरिएका छन् । प्रतियोगितामा प्रदेश २ ले एउटा पनि खेल जित्न सकेन् ।

साेमबार नै कीर्तिपुरमा भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६ रनले हराएको छ । एपीएफले दिएको दुई सय ४१ रनको लक्ष्य पछ्याएको आर्मीले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ३४ रन मात्रै बनाउन सक्यो । आर्मीका लागि अनिल मण्डलले सबैभन्दा धेरै ४५ रन बनाए । एपीएफका कमल ऐरीले तीन र भुवन कार्कीले दुई विकेट लिए ।

यसअघि एपीएफले सुमित महर्जनको ४६ र सुवास खकुरेलको ३८ रन मदतमा दुई सय ४० रन बनाएको थियो । आर्मीका हरी चौहान एक्लैले पाँच विकेट लिए । याे जितसँगै एपीएफ आठ अङ्कसहित समूह 'ए' को विजेता बनेको छ । आर्मी पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह 'ए' बाट कर्णाली, प्रदेश १ र गण्डकी बाहिरिएका छन् ।  

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया