सबै प्रदेशमा पुग्याे काेराेनाविरुद्धकाे खाेप, जिल्ला–जिल्लामा पठाउन थालियाे

 माघ १२, २०७७ सोमबार २०:२०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – आउँदाे बुधवारदेखि सुरु हुने कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप अभियानका लागि साेमबार (आज) सबै प्रदेशमा खोप पुगेको छ । आइतबार सातवटै प्रदेशको भण्डारण केन्द्रहरूमा खोप पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

चार लाख ३० हजार जनालाई लक्षित गरेर पहिलो चरणमा लगाइने खोप प्रदेशबाट जिल्ला–जिल्लामा पठाउन थालिएको प्रमुख शर्माको भनाइ छ ।

यसैबीच प्रदेश नम्बर २ मा कोरोनाविरुद्धको खोप सबै जिल्ला सदरमुकामबाट एकैसाथ सुरु गरिने भएको छ । साेमबार जनकपुरमा बसेको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले बुधबार आठवटै जिल्ला अस्पतालबाट खोप अभियान सुरु गर्ने निर्णय गरेको हो ।

प्रदेश नम्बर २ मा पुगेका ३४ हजार खेप खाेप मङ्गलबार (भोलि) सम्म सबै जिल्लाका स्टोरमा पठाइने समितिले जनाएको छ । 

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप सातवटै प्रदेशमा पठाउने काम भइरहेको र यो खोपकाे तेस्राे चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएकाले ढुक्क भएर लगाउन मन्त्री त्रिपाठीले सबैलाई आग्रह गर्नुभयो ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा काम गर्ने कर्मचारी, वृद्धाश्रम र कारागारमा रहेकालाई खाेप दिने मन्त्रालयले जनाएको छ ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया