हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावमा हुने खर्चलाई फजुल खर्चको रूपमा चित्रण नगर्न आग्रह गर्नुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले छिटो चुनाव गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रूपमा मध्यावधि चुनावलाई चित्रण नगर्न आग्रह गर्नुभएको हो । चुनावका लागि खर्च हुँदा स्वाभाविक रूपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने उहाँले बताउनुभयो । चुनाव प्रयोजनका लागि खटाइने कर्मचारीहरूलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाइ सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।
संविधानको प्रभावकारी कार्यान्वयनमार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि विकासतर्फ देशलाई लैजाने बाटोमा सरकार रहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ । चुनावले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित गर्याे भन्ने बुझाइ गलत भएको पनि उहाँले बताउनुभयो । पाँच वर्षमा हुनुपर्ने चुनाव छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकूल प्रभाव पर्याे भन्ने अर्थमा बुझ्न नहुने उहाँले बताउनुभयो ।
नागरिक, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधि सभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आह्वान गरिएको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभएको छ । अस्थिरता निम्त्याउने, अन्तरकलहमा अल्झिने प्रतिनिधि सभा नभइ स्थिरता, विकास र समृद्धितर्फ दृढतासाथ अगाडि बढ्ने प्रतिनिधि सभाको निर्माण अहिलेको माग रहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।