नागरिक अगुवामाथिको दमनप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण

 माघ १३, २०७७ मंगलबार १३:४५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिक अगुवामाथि भएको दमनप्रति नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।

सोमवार नागरिक आन्दोलन र मानव अधिकारवादीले कमलपोखरीमा गरेको शान्तिपूर्ण कार्यक्रममा सहभागी पत्रकार एवं लेखक  नारायण वाग्ले, मानवअधिकारकर्मी कृष्ण पहाडीलगायत मानव अधिकारवादी र नागरिक अभियन्तामाथि प्रहरीले लाठी र पानीका फोहरा प्रहार गरेको भन्दै महासङ्घले घटनाको भत्सर्ना गरेको छ ।

मंगलवार विज्ञप्ति निकालेर महासङ्घले शान्तिपूर्ण र स्वतन्त्ररूपमा प्रदर्शनमा रहेका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको यो दमन अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य भएको उल्लेख गरेको छ । 

विज्ञप्तिमा भनिएको छ : ‘महासंघ सरकारको यो अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्यको कडा शब्दमा भर्त्सना गर्दछ ।’ यस्तै, आउँदाे दिनमा यस्ता दमनकारी कार्य नदोहोर्याउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया