हुस्सुका कारण काठमाण्डौ–विराटनगर रुटका ११ वटा उडान स्थगित

 माघ १३, २०७७ मंगलबार १६:५०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वी तराईमा लागिरहेको कुहिरो र हुस्सुले मङ्गलबार (आज) ११ वटा उडान स्थगित भएका छन् ।

हुस्सुले विराटनगर विमानस्थल सबैभन्दा प्रभावित भएको छ । मङ्गलबार काठमाण्डौ–विराटनगर रुटका कुनै पनि उडान नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ ।

बुद्ध एअरका मात्रै विराटनगर उडान तालिका भएका पाँच वटा उडान स्थगित भएका छन् । यस्तै यती र श्री एअरलाइन्सका तीन/तीन वटा उडान स्थगित भएका छन् ।

पछिल्लो केही दिनयता तराईमा लागेको हुस्सु र कुहिरोले आन्तरिक उडान अस्तव्यस्त हुँदै आएका छन् । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया