छबिस हत्या प्रकरण : चैनपुरमा प्रदर्शन

 माघ १४, २०७७ बुधबार १६:३:४८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – छविसपाथिभेरा गाँउपालिका ३ का २७ वर्षीय अमृत सिंहको खुडा प्रहारबाट हत्या भएकाे विराेधमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले सदरमुकाम चैनपुर बजार र लामो तथा छोटो दुरीमा चल्ने गाडी बिहानैदेखि बन्द गरेका छन् । उनीहरुले हत्याराका योजनाकारलाई कारबाही गर, निष्पक्ष छानबिन गर जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेका. थिए ।  

छविसपाथिभेरा गाँउपालिकामा रहेको बान्नीचौर माविको विद्यालय व्यवस्थापन समिति गठन भएको विषयमा यो घटना घटेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । विद्यालय व्यवस्थापन समिति गठन गर्दा सहमति हुन नसकेपछि नेकपा र नेपाली कांग्रेस पक्षबीच चुनाव भएको स्थानीयले बताएका छन् । चुनावपछि नै यो घटना भएको बताइएको छ । 

यसैबीच हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । छबिस पाथिभेरा गाउँपालिका ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा छबिस पाथिभेरा २ का वडाध्यक्ष विकास ऐडी, स्थानीयवासी प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

डीएसपी खड्काले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया