२४ घण्टामा २८३ जनामा काेराेना सङ्क्रमण

 माघ १४, २०७७ बुधबार १६:४६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप दुई सय ८३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

चार हजार तीन सय ८२ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७० हजार तीन सय ७५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ४६ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ६५ हजार ५९ पुगेको छ । यस्तै थप तीन जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार २० पुगेको छ ।

अहिले नेपालमा तीन हजार दुई सय ८६ जना आइसोलेशनमा रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया